भदौ ४, खोटाङ- कोभिड१९ बाट संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ।
संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई बिहिबार २ लाख ३० हजारमा माउण्टेन हेलीकोप्टर चार्टर गरेर काठमाण्डौं लगिएको हो।
संक्रमण पूष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा अक्सिजनको मात्रा घटेपछि संक्रमितलाई काठमाण्डौं पु-याइएको हो।
हेलीकोप्टर चार्टर गरेर काठमाण्डौं लगिएका संक्रमितलाई टिचिङ अस्पतालमा भर्ना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडासदस्य प्रकाश श्रेष्ठले बताए।