साउन ३०, काठमाडौं - शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार संग्रहालयको अवलोकन भ्रमण गरेकी छन्।
भण्डारीले औपचारिक रुपमा दरवारको भ्रमण गरेकी हुन्।
उनी एउटा अवलोकनकर्ताको रुपमा संग्रहालयको सबै कोठा हेरेर अपराहृन ५ बजे मात्रै शीतल निवास फर्किइन्।
करीव सवा २ घण्टा नारायणहिटीमा बिताएकी भण्डारीले सर्वसाधारणले अवलोकन गर्ने रुटबाट मूल दरबारको अवलोकन गरी श्री सदनको पनि भ्रमण गरेकी थिइन्।
भ्रमणको क्रममा उनले राजारानीले चलचित्र हेर्ने फिल्महलको समेत दर्शन गरेकी थिइन्।
भ्रमणको क्रममा संग्रहालयमा रहेका समस्याको बारेमा पनि संग्रहालयका अधिकारीहरुले ब्रिफिङ गरेका थिए।
तर राष्ट्रपति भण्डारीले ब्रिफिङ सुने पनि कुनै प्रतिक्रिया नदिई फर्किएको संग्रहालयका अधिकारीहरुले बताए।