• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटेहाङ गाउँपालिकादेखी सपना बोकेर मलेसिया पुगेका बिष्ट उहीँ अस्ताए !

खोटेहाङ गाउँपालिकादेखी सपना बोकेर मलेसिया पुगेका बिष्ट उहीँ अस्ताए !

images

प्रभाव न्यूज

२९ श्रावण २०७८
  • 13.1K
    SHARES
  • images
    खोटेहाङ गाउँपालिकादेखी सपना बोकेर मलेसिया पुगेका बिष्ट उहीँ अस्ताए !
    images
    images
    images

    साउन २९, खोटाङ -  मलेसियामा ज्यान गुमाएका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका रनबहादुर बिष्टको दाहसंस्कार गरिएको छ ।

    images

    साउन १६ गते आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएपछि अस्पताल लैजानेक्रममा ज्यान गुमाएका रनबहादुरको १३ औं दिनमा बिहिबार दाहसंस्कार गरिएको हो।

    १८ वर्षदेखि मलेसियामा बसिरहेका बिष्टको परिवारको स्वीकृतिमा मलेसियास्थित नेपाली दुतावासको सहयोगमा त्यही दाहसंस्कार गरिएको हो। अवैध बनेर बसिरहेका उनी गत जुलाई १ तारिखदेखि मलेसियाको सेलाङ्गर तामिनजयास्थित एक होटलमा काम गर्दै आएका थिए।

    बिहान कोठामा बेहोस अवस्थामा भेटिएका बिष्टको अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको होटल सञ्चालकको भनाई छ । मृत्युपछि शवलाई मलेसियान प्रहरीले काजाङ अस्पताल पु-याएको थियो।

    images

    पोष्टमार्टम रिपोर्टमा उनलाई कोभिड–१९ को संक्रमण देखिएकाले सोही कारणबाट उनको मृत्यु भएको अस्पतालले जनाएको आगमनखबरडटकमले उल्लेख गरेको छ। उनी सुगर र प्रेसरको समस्याबाट समेत पिडित रहेको बताइएको छ।

    images

    विष्ट बैदेसिक रोजगारीका सिलसिलामा २०६१ सालमा मलेसिया पुगेका थिए।

    १२ वर्षसम्म उनलाई पर्खेर बसेकी श्रीमतीले घरकै सल्लाहमा दोश्रो विवाह गरिसकेका छन्। विष्टको मृत्युको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए। ‘मैले पनि सामाजिक सञ्जालबाट थाहा पाएको हो।

    गाउँमा बुझ्दा घट्ना यतार्थ रहेछ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘लामो समयसम्म घर नआएकाले घरपरिवारकै सल्लाहमा श्रीमतीले समेत दोश्रो विवाह गरिसकेको खबर आएको छ।’

    images
    images

    प्रकाशित :श्रावण २९, २०७८ शुक्रवार - ११:५३:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij