• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सोह्र वर्षीया आफ्नै छोरीको जवानी बुबा र काकाले लुटेपछि..

सोह्र वर्षीया आफ्नै छोरीको जवानी बुबा र काकाले लुटेपछि..

images

प्रभाव न्यूज

२८ श्रावण २०७८
  • 25.9K
    SHARES
  • images
    सोह्र वर्षीया आफ्नै छोरीको जवानी बुबा र काकाले लुटेपछि..
    images
    images
    images

    साउन २८, काठमाडौं -  सोह्र वर्षकी आफ्नै छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ।

    images

    बलात्कार गरेका बुबा र काका विरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

    नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    images

    अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

    images

    घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

    पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।

    images
    images

    प्रकाशित :श्रावण २८, २०७८ बिहिवार - ०९:११:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij