साउन २७, काठमाडौं - उज्यालो नेपालका नायक कुलमान घिसिङले काम लिने तर कार्यान्वयन नगर्ने परिपाटीबाट अब कसैले उन्मुक्ति नपाउने बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले कार्यभार ग्रहण गर्दै आज रत्नपार्कस्थित विद्युत प्राधिकरण कार्यालयमा पुगेर उनले काम लिएर, समयमै नगर्ने परिपाटीबाट कसैलाई उन्मुक्ति नदिइने टिप्पणी गरे।
यसअघि गर्न बाँकी रहेका कामहरु आफ्नो दोस्रो कार्यकालमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए।
‘कसैको पनि कुरा काट्ने र टिकाटिप्पणी गर्नेभन्दा पनि आफ्नो काम अगाडि बढाउनेबारे सोच्नेछौं’ उनले भने।
आफूसामू धेरै चुनौति रहेको उल्लेख गर्दै उनले प्राधिकरणको आवश्यकता, सरकारको जिम्मेवारी र आम सर्वसाधारणको अपेक्षाले गर्दा ती चुनौतिको जोखिम लिएको टिप्पणी गरे।
सरकारको कार्यायोजनाअनुसार नेपालको उर्जा क्षेत्रलाई आफूले नयाँ ‘हाइट’ दिने उनले प्रतिवद्धता जनाए।