साउन २७, काठमाडौं - उज्यालो नेपालका नायक कुलमान घिसिङ पूनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी पदमा नियुक्त भएका छन्।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले कुलमानलाई प्राभिकरणमा ल्याएका हुन।
कुलमान घिसिङले आज पदबहाली गरेका छन्। प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर घिसिङले पदबहाली गरेका हुन्।
पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए।
साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई धन्यवाद दिएका थिए। घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो।
यसअघि केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई सरकारले उर्जा आयोगमा सरुवा गरेको छ।