• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


‘डाइजेष्टिभ विस्कुट’ मा अखाध्य बस्तु फेला, उत्पादक कम्पनीको व्यापक लापरवाही

‘डाइजेष्टिभ विस्कुट’ मा अखाध्य बस्तु फेला, उत्पादक कम्पनीको व्यापक लापरवाही

images

प्रभाव न्यूज

२६ श्रावण २०७८
  • 22.3K
    SHARES
  • images
    ‘डाइजेष्टिभ विस्कुट’ मा अखाध्य बस्तु फेला, उत्पादक कम्पनीको व्यापक लापरवाही
    images
    images
    images

    साउन २६, खोटाङ -  डाइजेष्टिभ विस्कुटमा बोरा सिलाउने प्लास्टिकको धागो फेला परेको छ।

    images

    खोटाङको सदरमुकाम दिक्तेल बजारका एक स्थानीयले मंगलबार बिहान बच्चालाई विस्कुट खुवाउनेक्रममा विस्कुटको पानोमा धागो फेला पारेका हुन्।

    क्वालिटी फुड एण्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि दुहवी सुनसरी नेपालद्धारा उत्पादित द क्वालिटी डाइजेष्टिभ नामक विस्कुटमा लापरवाही देखिएको हो। असार २०२१ मा उत्पादित उक्त विस्कुटमा धागो फेला परेको हो।

    विस्कुटको पानोमा धागो फेला पर्नु मानिसको स्वास्थ्यमाथि विस्कुट उत्पादक कम्पनीले गम्भीर लापरवाही गरेको बताइएको छ। विस्कुट कम्पनीले आफ्नो उपभोक्ताहरुको सुरक्षा र स्वास्थ्यको लागी स्वच्छता, सुरक्षा र गुणस्तरीय मापदण्डको उच्चस्तरको विस्कुट भनेर प्रचार गरेपनि लापरबाही गरेको पाइएको छ।

    images

    पाइवर, प्रोटिन र भिटामिन वी पाइन्छ भनेर लेखेको उक्त विस्कुटको मुल्य १५ तोकिएको छ। एपि नम्बर ०२-०६-६८-०७-२४२ रहेको विस्कुटको पानामा जेलिएको अवस्थामा प्लास्टिकको धागो भेटिएको हो।

    images

    डाइजेष्टिभ विस्कुटमा अनेकन अखाध्य वस्तुहरु फेला पर्नु कुनै नौलो विषय होइन। यसअघि पनि जिल्लाका एक पत्रकारले विस्कुटको पानाभित्र प्लास्टिक मिसिएको भेटेपछि समाजिक संजालमा नै राखेका थिए।

    images
    images

    प्रकाशित :श्रावण २६, २०७८ मंगलवार - ०९:२६:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij