• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जीवनमा सफलता पाउने भए यसो गर्नुहोस्, तव भइन्छ मालामाल

जीवनमा सफलता पाउने भए यसो गर्नुहोस्, तव भइन्छ मालामाल

images

प्रभाव न्यूज

२४ श्रावण २०७८
  • 14.6K
    SHARES
  • images
    जीवनमा सफलता पाउने भए यसो गर्नुहोस्, तव भइन्छ मालामाल
    images
    images
    images

    आवेगमा आउने

    images

    आवेगमा आउने व्यक्तिले चिन्तन गर्दैन । उसले आफ्नो जीवनमा घटिरहेका घटनामा अरुलाई दोषी मान्छ र तुरुन्त प्रतिक्रिया जनाईहाल्छ । आवेगमा आउने व्यक्तिले आफूलाई मात्र अप्ठ्यारोमा पार्दैन । आफ्नो वरिपरि भएका व्यक्तिलाई समेत अप्ठ्यारोमा पारिदिन्छ।

    आफ्नो वरिपरि भएका व्यक्तिलाई उसले आफ्नो आवेगको भूमरीमा अल्मलाइदिन्छ।

    अनुत्पादनशील काममा बढी समय खर्चने

    images

    अनुत्पादनशील काम जस्तै, सिंगारपटार मात्र गरेर बस्ने, यत्तिकै डुलेर दिन बिताउने, सामाजिक संजालमा बिना काम रात दिन झुन्डिने जस्ता बानी भएका व्यक्तिले दिन यत्तिकै बर्बाद गरिरहेका हुन्छन्।

    images

    उनीहरुसंग संगत गर्दा तपाईंको समय मात्र बर्बाद हुन्छ। उनीहरुसंग संगत गरेर सिक्न सकिने, अगाडी बढ्न सहयोग हुने कुराहरु पाइदैन । भएको आफ्नो रचनात्मक सोंच पनि हराउंदै जान्छ ।

    अरुको कुरा काट्ने

    अरुको कुरा काटेर समय खर्च गर्ने व्यक्तिमा सिर्जनात्मक सोंचको कमी हुन्छ। जो व्यक्ति अरुको कुरा काटेर समय व्यतित गर्न सक्छ ।

    उसमा निकै निम्न स्तरको सोंच हुन्छ। ऊसंग संगत गर्ने व्यक्तिको समय बर्बाद मात्र हुँदैन। नकारात्मक मानसिकता समेत बढ्न सक्छ। यस्ता व्यक्तिको संगत गर्दा आफ्ना व्यक्तिगत, व्यवसायिक तथा सामाजिक सम्बन्धहरुमा समेत असर पर्न सक्छ।

    परनिर्भर रहने र आफूलाई सधै पीडित देखाउन मन पराउने

    परनिर्भर रहने व्यक्तिले कहिल्यै पनि आफ्नो काम आफैले गर्दैन। त्यसैले उसले तपाईंलाई कुनै नयाँ सोंच, सुचना त दिंदैन नै तपाईंमा समेत अल्छी बानीको विकास हुन थाल्छ। अर्कोतर्फ, तपाईंले आफ्नो समय उसको कामको लागि खर्चिनुपर्ने समेत हुनसक्छ । त्यस्तै, सधै आफूलाई पिडित देखाउने व्यक्ति आफू त नकरात्मक सोंचबाट ग्रसित हुन्छ नै, तपाईंमा पनि त्यो तरंग सर्न थाल्छ। उक्त व्यक्तिले तपाईंले सधै उसको कुरा सुनिदिए हुन्थ्यो भन्ने सोंच्छ। ऊ आफ्नो दलदलबाट निस्कन त सक्दैन र तपाईंलाई पनि उक्त दलदलमा तान्न थाल्छ। र, बिस्तारै तपाईंमा रचनात्मक सोंचको कमि हुँदै जान्छ।

    आफूलाई सर्वज्ञानी ठान्ने

    आफूलाई सर्वज्ञानी ठान्ने व्यक्तिले आफ्नो संगतमा आएका व्यक्तिलाई मानसिक तथा सामजिक रुपमा एउटा निश्चित घेरामा बाँध्न खोज्छ। उसले आफ्नो संगतमा आएका व्यक्तिमाथी आफ्नै कुरा मात्र थोपर्न चाहन्छ। आफूलाई सबैले सम्मान गरुन् र आफ्नो संगतमा आएका व्यक्तिहरुले अरुसंग संगत नगरुन् भन्ने चाहन्छ। आफ्नो संगतमा आएका व्यक्तिलाई उसले आफ्नो कुराले दिमाग भरिदिन्छ र ऊ भन्दा बाहिरको संसार घातक छ भन्ने भान पारिदिन्छ।

    images
    images

    प्रकाशित :श्रावण २४, २०७८ आइतवार - २१:५९:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij