• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आईजीपी खनालको यस्तो प्रस्तावले सशस्त्रमा खैलाबैला

आईजीपी खनालको यस्तो प्रस्तावले सशस्त्रमा खैलाबैला

images

प्रभाव न्यूज

१९ श्रावण २०७८
  • 40.9K
    SHARES
  • images
    आईजीपी खनालको यस्तो प्रस्तावले सशस्त्रमा खैलाबैला
    images
    images
    images

    साउन १९, काठमाडौं -  सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ।

    images

    सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन्।

    सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन्।

    २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन्। २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ। यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ।

    images

    इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन्।

    images

    आजको दृष्टि साप्ताहिक समाचार छ । तर, १६ वर्ष इन्स्पेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्स्पेक्टर पद निल्नु न ओकल्नु हुने अवस्था देखिन्छ। यसले उनीहरूको मनोबल बढ्ने अवस्था छैन ।

    images
    images

    प्रकाशित :श्रावण १९, २०७८ मंगलवार - ०८:३३:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij