• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पहाडी भू-भागमा हुँदैछ भारी वर्षा, सतर्कता रहन विभागको यस्तो चेतावनी

पहाडी भू-भागमा हुँदैछ भारी वर्षा, सतर्कता रहन विभागको यस्तो चेतावनी

images

प्रभाव न्यूज

१८ श्रावण २०७८
  • 14.7K
    SHARES
  • images
    पहाडी भू-भागमा हुँदैछ भारी वर्षा, सतर्कता रहन विभागको यस्तो चेतावनी
    images
    images
    images

    साउन १८, काठमाडौं- देशका अधिकांस भू-भागमा सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ।

    images

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

    प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images

    प्रदेश १, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

    images

    भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन विभागको आग्रह ।

    images
    images

    प्रकाशित :श्रावण १८, २०७८ सोमवार - ०७:५७:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij