• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा एक घरमा आगलागी, अग्नी पीडितलाई स्थानीय सरकारको साथ

खोटाङमा एक घरमा आगलागी, अग्नी पीडितलाई स्थानीय सरकारको साथ

images

प्रभाव न्यूज

१३ माघ २०७७
  • 18.3K
    SHARES
  • images
    खोटाङमा एक घरमा आगलागी, अग्नी पीडितलाई स्थानीय सरकारको साथ
    images
    images
    images

    खोटाङ -  खोटाङको रावाबेँसी गाउँपालिकाले अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ ।

    images

    आइतबार भएको आगलागीमा घर जल्दा विस्थापित भएका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी धैरेनीटारका बुद्धि लम्सालको परिवारलाई गाउँपालिकाले एक थान त्रिपाल, ९० केजी चामल, ५ केजी नुन, ५ केजी दाल र १० लिटर तेल प्रदान गरेको हो ।

    अग्नी पीडितलाई गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले सोमबार घरको भग्नावशेषमा पुगेर राहत प्रदान गरेका छन् । यस्तै, अग्नी पीडित परिवारलाई वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले पनि ६० केजी चामल, ५ केजी चिनी, ५ लिटर तेल, २ केजी दाल र ४ केजी नुन प्रदान गरेका छन् ।

    छिमेकी गुणराज पाण्डेको कटेरोमा गाईवस्तुको खोले पकाउने क्रममा सल्किएको आगोले लम्सालको घर जलेको हो । आगलागीमा लम्सालको करिब १८ लाख ९२ हजार बराबरको क्षती भएको अनुमान गरिएको छ ।

    images

    लम्सालको दुई÷दुई तले दुई वटा घर, कटेरो तथा ३ लाख ५० हजार नगद, ३ तोला सुन, २१ मुरी धान, ७ मुरी मकै लगायत जलेको प्रहरीले जनाएको छ ।

    images

    दिउँसो २.१५ बजे सुरु भएको आगो प्रहरीचौकी डुम्रेधारापानी र प्रहरीचोकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयको टोलीले ४.२५ बजे नियन्त्रणमा लिएको थियो । घर जलेपछि लम्साल परिवारका पाँच जनाको विचल्नी भएको छ ।

    images
    images

    प्रकाशित :माघ १३, २०७७ मंगलवार - ०६:५०:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij