साउन १२, काठमाडौं - विश्वमा कोरोना भाइरसले महामारी लिइरहेको अवस्थामा एक पछि अर्को भेरियन्ट फेला पर्न थालेको छ।
नेपालमा अल्फा, डेल्टापछि अर्को भेरियन्ट पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका छन्। नेपालमा अहिले पछिल्लोपटक भेटिएको भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने अध्ययनबाट पाइएको छ।
“त्यसैले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,” उनले भनेका छन् ।