• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा ठुलो मात्रका हातहतियार प्रयोग गर्ने जनप्रतिनिधि सहित तीन जना पक्राउ

खोटाङमा ठुलो मात्रका हातहतियार प्रयोग गर्ने जनप्रतिनिधि सहित तीन जना पक्राउ

images

प्रभाव न्यूज

१२ श्रावण २०७८
  • 31.4K
    SHARES
  • images
    खोटाङमा ठुलो मात्रका हातहतियार प्रयोग गर्ने जनप्रतिनिधि सहित तीन जना पक्राउ
    images
    images
    images

    साउन १२, खोटाङ -  खोटाङमा भरुवा बन्दुक सहित तीन जना पक्राउ परेका छन्।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकाबाट भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री सहित तीन जना पक्राउ परेका हुन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकाका वडा सदस्य तथा सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका ५९ वर्षीय पर्शुराम बाँनिया, सोही स्थान बस्ने ६९ वर्षीय मदन बहादुर बाँनिया र सोही ठाउँका ३३ वर्षीय मिलन बाँनिया पक्राउ परेका हुन्।

    उनीहरुले घरमा बन्दुक राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पर्शुरामको घरबाट एक नाल भरुवा बन्दुक, मदनको घरबाट छर्रा, बारुद र लोड गरेको अवस्थामा रहेको एक नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने १५० ग्राम धातुका छर्रा, ४०० ग्राम सलाई, र मिलनको घरबाट छर्रा, बारुद र लोड गरेको अवस्थामा रहेको एक नाल भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक उमेश लम्सालले प्रभाव न्यूजलाई जानकारी दिए।

    images

    उनीहरुलाई सोमबार साँझ हतियार सहित पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालयमा ल्याइ आवश्यक कारवाही सुरु गरिएको लम्सालले बताए।

    images

    उनीहरुलाई हातहतियार खरखजना अन्तरगत सात मिन म्याद थप गरि कारवाही अगाडी बढाएइएको बताइएको छ।

    images
    images

    प्रकाशित :श्रावण १२, २०७८ मंगलवार - १८:०६:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij