• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा सुत्केरी लिन आएको नेपाली सेनाको हेलीकोप्टर १८ घण्टा ‘होल्ड’

खोटाङमा सुत्केरी लिन आएको नेपाली सेनाको हेलीकोप्टर १८ घण्टा ‘होल्ड’

images

प्रभाव न्यूज

७ श्रावण २०७८
  • 37.1K
    SHARES
  • images
    खोटाङमा सुत्केरी लिन आएको नेपाली सेनाको हेलीकोप्टर १८ घण्टा ‘होल्ड’
    फाइल तस्विर
    images
    images
    images

    साउन ७, खोटाङ- खोटाङमा एक गर्भवती महिलाको उद्धार गर्न आएको नेपाली सेनाको हेलीकोप्टर १८ घण्टा हेलीप्याडमै होल्ड भएको छ।

    images

    बुधबार वेलुकी ४ बजे गर्भवती महिला सुत्केरी हुन नसकेपछि लिन आएको नेपाली सेनाको हेलीकोप्टर विहीबार बिहान ९ बजेसम्म दिक्तेलस्थित हेलीप्याडमा होल्ड भएको हो।

    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवतीको उद्धार गर्न आएको हेलिकोप्टरले मौसम खराबीका कारण उडान भर्न नसकेपछि हेलीप्याडमै होल्ड गरेर राखिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा पौडेलले जानकारी दिए।

    उनले भने, जिल्ला अस्पतालमा ती महिला सुत्केरी हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजान हेलीकोप्टर झिकाइएको र हेलीकोप्टर ल्याण्ड हुनसाथ मौसममा खरावी आयो, हेलीकोप्टरले उडान भर्र्न नसक्ने भएपछि होल्ड गरेर राखिएको हो।

    images

    हेलीकोप्टरले उडान भर्न नसकेपछि ति महिला जिल्ला अस्पतालमै सुत्केरी भएकी छिन्। उनले अस्पतालमै बच्चा जन्माएकी छन् ।

    images

    बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था राम्रो भएकोले हेलीकोप्टर बिहीबार बिहान ९ बजे रित्तै फर्किएको छ।

    images
    images

    प्रकाशित :श्रावण ७, २०७८ बिहिवार - ०९:२३:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij