• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


‘विजय बचाउ अभियान’ सहयोगी हातहरुसँग आश

‘विजय बचाउ अभियान’ सहयोगी हातहरुसँग आश

images

प्रभाव न्यूज

१२ माघ २०७७
  • 21.4K
    SHARES
  • images
    ‘विजय बचाउ अभियान’ सहयोगी हातहरुसँग आश
    images
    images
    images

    खोटाङ -  भीरबाट लडेर गम्भीर घाईते भएका युवाको उपचारका लागि सहयोग जुटाउन बराहपोखरी सेवा समाज खोटाङ- काठमाण्डौंले अभियान थालेको छ ।

    images

    माघे संक्रान्तीको अवशरमा फुटबल खेलेर घर फर्कनेक्रममा गत माघ १ गते स्थानीय मानेडाँडाको भीरबाट लडेर गम्भीर घाईते भएका बराहपोखरी गाउँपालिका-१ बराहपोखरीका १९ वर्षीय विजय तामाङको उपचार खर्च जुटाउनका लागि समाजले सहयोग अभियान थालेको हो ।

    हाल न्यूरो अस्पताल बिराटनगरको आइसियूमा राखेर उपचार भइरहेको विजयको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले संस्थागत तरिकाले ‘विजय तामाङ बचाउ’ अभियान थालिएको बराहपोखरी सेवा समाज खोटाङ, काठमाण्डौंका महासचिव उमेश श्रेष्ठले बताए ।

    माघ २ गते बिहान अस्पतालमा पु-याइएका बिजयको अझै होस खुलेको छैन । उनलाई अझै १५र२० दिनसम्म आइसियूमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

    images

    घाईते विजयको जीवन रक्षाका लागि स्थानीय नरेश राईको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन सहयोग समिति गठन गरिसकिएको अवस्थामा बराहपोखरी सेवा समाजले पनि उपचार खर्च जुटाउन अभियान सुरु गरेको हो ।

    images

    समाजले बिजयको उपचारमा सहयोग गर्नका लागि देश विदेशका शुभेच्छुकलाई अपिल गरेको छ ।

    सहयोग रकम उनकै साईला दाई सुब्बा तामाङको नाममा लक्ष्मी बैंकमा खोलिएको खाता नम्बर ०२९२६०११९५३ मा जम्मा गर्ने व्यवस्था मिलाइएको महासचिव श्रेष्ठले बताए । भीरबाट करिब डेढ सय मिटर तल खसेका तामाङको देब्रे आँखामाथि र थाप्लोमा गहिरो चोट लागेको छ । उनको घाँटीमुनि बायाँ करङ पनि भाँचिएको दाई सुब्बाले बताए ।

    चोटमा खाटा बस्दै गए पनि हालसम्म उनको बोली र होस नखुलेको आफन्तको भनाई छ । नरेश राई संयोजकत्वको आर्थिक संकलन सहयोग समितिले शुक्रबार ३२ हजार २१० रुपैयाँ रकम संकलन गरेर खातामा जम्मा गरिदिइसकेका छन् ।

    विजय स्थानीय मानेडाँडाको भीरबाट लडेर गम्भीर घाईते भएका हुन् ।

    images
    images

    प्रकाशित :माघ १२, २०७७ सोमवार - ०७:०४:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij