• सोमवार, कार्तिक १७ गते २०८३

TRENDING :

Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते


कृषि विमाका लागि अभिकर्तालाई तालिम

कृषि विमाका लागि अभिकर्तालाई तालिम

images

प्रभाव न्यूज

१२ माघ २०७७
  • 17.6K
    SHARES
  • images
    कृषि विमाका लागि अभिकर्तालाई तालिम
    images
    images
    images

    खोटाङ - कृषि विमा अभियानलाई गति दिनका लागि खोटाङमा ४३ जना अभिकर्ता उत्पादनको तयारी थालिएको छ ।

    images

    किसानको घर–घरमा पुगेर किसानलाई कृषि तथा पशु बिमा गर्न लागि अग्रसर गराउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले विमा अभिकर्ता उत्पादन सुरु गरेको हो ।

    जिल्लाका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सवै १५ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाका सवै ११ वटा वडाका एकरएक जना तथा अन्य आठ गाउँपालिकाका दुईरदुई जनाका दरले अभिकर्ता उत्पादनको तयारी गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)का बरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले बताए।

    केही दिनअघि दिक्तेलमा २१ जनालाई कृषि बिमा अभिकर्ता सम्वन्धी तिन दिने तालिम दिएको परियोजना कार्यान्वयन इकाई (मकै जोन)ले अहिले हलेसीमा २२ जनालाई सहभागी गराएर अभिकर्ता तालिम सञ्चालन गरिरहेको छ ।

    images

    तालिममा सहभागी अभिकर्ताले राष्ट्रिय बिमा समितिबाट अभिकर्ताको प्रमाणपत्र पाउने र सोही प्रमाणपत्रको आधारमा बिमा समितिबाटै पुःन लाइसेन्स पनि पाउने छन्।

    images

    अभिकर्ताको लाइसेन्स नै प्राप्त गरेपछि अभिकर्ताले आफ्नो वडा वा जिल्लाभर कृषि वा पशुको विमा गराउन सुरु गर्ने बरिष्ठ कृषि अधिकृत डा. अर्यालले बताए। कृषि तथा पशु बिमाका क्रममा सरकारले ७५ प्रतिशत र किसानले २५ प्रतिशत बेहोर्ने व्यवस्था छ। अभिकर्ता तयार भएपछि सम्वन्धित स्थानीय तहलाई कृषि विमाको कार्यक्रम अघि बढाउन सहज हुने वताइएको छ ।

    किसानको लगानी डुव्नबाट जोगाउन कृषि तथा पशु बिमा कार्यक्रम फलदायी हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

    images
    images

    प्रकाशित :माघ १२, २०७७ सोमवार - ०६:५७:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij