• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


च्यास्मीटारको दाल्फुमा नयाँ विद्यालय भव्यरुपमा उद्धघाटन

च्यास्मीटारको दाल्फुमा नयाँ विद्यालय भव्यरुपमा उद्धघाटन

images

प्रभाव न्यूज

२ श्रावण २०७८
  • 10.4K
    SHARES
  • images
    च्यास्मीटारको दाल्फुमा नयाँ विद्यालय भव्यरुपमा उद्धघाटन
    images
    images
    images

    साउन २– खोटाङ -  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुमा नयाँ विद्यालय स्थापना गरिएको छ।

    images

    स्थानीय सरकार सञ्चालन ऐन एवं हलेसी तुवाचुङ नगरपालिकाको शिक्षा ऐनको आधारमा दाल्फुमा बलिदान आधारभुत विद्यालय स्थापना गरिएको हो।

    तत्कालका लागि सरस्वती वाल बिकास केन्द्रको भवनबाट सञ्चालन हुनेगरी नगरपालिकाबाट स्वीकृति पाएको विद्यालय शनिबार मेयर इवन राई र उपमेयर बिमला राईले उद्घाटन गरेका छन्।

    बलिदान आधारभुत विद्यालय स्थानीय तहको निर्वाचन यता स्थापना गरिएको नगरपालिकाकै पहिलो सामुदायीक विद्यालय बनेको छ। दाल्फुमा नयाँ विद्यालय स्थापनासँगै ११ वडा रहेको नगरपालिकामा सामुदायीक विद्यालयको संख्या ८९ वटा पुगेको नगरपालिकाले जनाएको छ।

    images

    नगरपालिका, नगर शिक्षा समितिको गत जेठ २० गतेको बैठकले बलिदान आधारभुत विद्यालयलाई नयाँ शैक्षिक सत्रदेखि कक्षा १ सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो । हालसम्म विभिन्न विद्यालयलाई माथिल्लो कक्षा सञ्चालन गर्ने अनुमति दिँदै आएको नगरपालिकाले दाल्फुमा भने नयाँ विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो ।

    images

    विद्यालय सञ्चालनका लागि अनुमति दिने निर्णयका बारेमा नगरपालिकाले असार २८ गते पत्राचार गरेको थियो । विद्यालय स्थापना गर्ने १५ वर्षअघिको सपना स्थानीय सरकारमार्फत पुरा भएकामा अभिभावक उत्साहित बनेका छन्। गाउँमा विद्यालय नहुँदा साना बालबालिका घण्टौं उकालो हिँडेर च्यास्मीटार मावि पुग्न बाध्य थिए।

    दाल्फुमा विद्यालय स्थापना गर्ने प्रयास स्वरुप २०६२ सालमा वाल बिकास केन्द्र स्थापना गरिएको थियो । नगरपालिकाले हालका लागि सरस्वती बालबिकास केन्द्रको सहजकर्ताको रुपमा लिला थापामगर राईलाई काजमा खटाएको छ । विद्यालय उद्घाटन कार्यक्रममा वाल बिकास र कक्षा १ मा अध्ययन गर्ने विद्यार्थी भर्ना गरिएको छ ।

    कार्यक्रमका मेयर राई र उपमेयर राईले विद्यालयको भवन लगायतका संरचना निर्माण एवं शिक्षक दरबन्दी व्यवस्थाका लागि नगरपालिकाकोतर्फबाट सहयोग गर्ने आश्वसन दिएका छन् ।

    कार्यक्रममा च्यास्मीटारका वडाध्यक्ष भलाराज राई, नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्की, पुर्वगाबिस अध्यक्ष भूपाल राई, युवा नेता रसकुमार राई, च्यास्मीटार माबिका व्यवस्थापन समिति अध्यक्ष रिपिन्द्र राई लगतयले विद्यालयको भौतिक तथा शैक्षिक प्रगतीका लागि लाग्न अभिभावकलाई सुझाव दिएका छन् ।

    सरस्वती बाल बिकास केन्द्रका अध्यक्ष दिपेन राईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय स्थापनाका लागि अगुवाई गरेका केसीराज राईलाई सम्मान गरिएको छ ।

    उनलाई मेयर राई र उपमेयर राईले फूलमाला र अबिर लगाएर सम्मान गरेका हुन् । हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिकाले गत वर्ष कालिका आधारभुत विद्यालय बाहुनीडाँडालाई माविमा स्तरोन्नती गरेको थियो ।

    यस्तै, यस वर्ष रातमाटे प्रावि दुर्छिमलाई कक्षा ६ तथा कालिका आधारभुत विद्यालय अर्खौलेलाई कक्षा ७ को पठन–पाठन गर्ने अनुमित दिएको जनाएको छ ।

    images
    images

    प्रकाशित :श्रावण २, २०७८ शनिवार - २०:५७:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij