• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कांग्रेसका युवा नेता विष्टको पहलमा दाम्लोको जीन्दगीबाट मुक्ति पाए मनोजले (भिडियो सहित)

कांग्रेसका युवा नेता विष्टको पहलमा दाम्लोको जीन्दगीबाट मुक्ति पाए मनोजले (भिडियो सहित)

images

प्रभाव न्यूज

१ श्रावण २०७८
  • 45.0K
    SHARES
  • images
    कांग्रेसका युवा नेता विष्टको पहलमा दाम्लोको जीन्दगीबाट मुक्ति पाए मनोजले (भिडियो सहित)
    images
    images
    images

    साउन १, खोटाङ- नेपाली कांग्रेसका युवा नेता बाजिन्द्र विष्ट आफ्नो राजनीतिक यात्रासँगै समाजसेवामा पनि उत्तिकै लागी पर्छन।

    images

    कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप–सभापति तथा लामो समय नेपाल विद्यार्थी संघमा काठमाडौंमा रहेर काम गरेका बिष्टले चार वर्षअघि देखी मानसिक सन्तुलन गुमाएर परिवारले दाम्लोमा बाँधेर राखेका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मनोज तामाङको दातासँग हारगुहार गरेर उपचार गराएका छन्।

    आफन्त तथा शुभेच्छुकको आर्थिक सहयोगमा गत चैत १७ गते टिचिङ अस्पताल काठमाण्डौं लगिएका २४ वर्षीय तामाङको स्वास्थ्यमा सुधार आएपछि अहिले घर फर्काइएको छ। निरन्तरको उपचारका क्रममा करिब दुई महिनापछि मनोजको होस खुलेको बुवा बाबुराम तामाङले बताएका छन्। ‘विरामी भएपछि दोहोरो कुराकानी हुँदैनथ्यो। एउटा कुरा सोध्दा अर्कै कुरा गर्थो।

    बोलीको ठेगान हुन्नथ्यो,’ बाबुरामले भने, ‘अहिले त खाना पकाउने, मिठा मिठा गफ गर्ने, घरखेतको काम गर्न थालेको छ। दोहोरो कुरा हुन्छ, दोहोरो वात गर्न सक्ने भएको छ। पूर्ण निको हुने आशा छ।’ हाल मनोजले औषधि सेवन गरिरहेका छन्। उनलाई अस्पतालले दुई महिनापछि फलोअपमा बोलाएको छ। टिचिङ अस्पतालमा तामाङको उपचारको क्रममा दुई-तीन लाखको हाराहारीमा खर्च भएको तामाङ परिवारले बताएका छन्।

    images

    अहिले मनोजले औधषि बढी सेवन गर्नु परेका कारण बढीमात्रमा सुत्न खोन्छ। कोभिड-१९ को महामारीका कारण गत वर्ष लकडाउन हुँदा नियमित औषधि सेवन गर्न नपाएपछि मनोजको स्वास्थ्यमा थप जटिल समस्या निम्तिएपछि युवा नेता बिष्टको पहलमा सहयोग जुटाएर पुःन अस्पताल लगिएको थियो। बिष्टको पहलमा ६७ हजार ५०० आर्थिक सहयोग रकम जुटे लगत्तै मनोजलाई अस्पतालतर्फ हिँडाइएको थियो।

    images

    उनको उपचारका लागि बिष्टको प्रयासमा स्वदेश तथा विदेशमा रहेका दाताबाट एक लाख ५३ हजार रुपैयाँ सहयोग जुटेको थियो। विष्टकै समन्वयमा एनआरएनए महिला फोरम जर्मनीकी संयोजक करुणा तुलाधर राईले ४२ हजार सहयोग पठाएकी छन्। करुणाले पठाएकामध्ये तामाङलाई ३२ हजार र चिसापानीकै क्यान्सरबाट पीडित तारानाथ अधिकारीलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको बिष्टले बताए।

    ‘अहिले मनोजको अवस्था राम्रो देखिएको छ, भेटघाट गर्न जाँदा उसले चिन्यो, गफगााफ भयो,’ बिष्टले भने, ‘पूर्णरुपमा ठीक भएको छैन तर हेर्दा क्रमशः सुधार भइरहेको देख्न सकिन्छ।’ चार वर्षअघि मनोज २० वर्षका थिए। एसएलसि दिएपछि अढाइ महिनाका लागि दिल्ली गए। दिल्लीबाट घर फर्किएको १५ दिनपछि सुतेकोबेला राती १२ बजे उनी एक्कासी ‘के आयो–के आयो’ भन्दै कराउँदै कुद्न थाले।

    त्यही रातबाट उनले आफ्नो मानसिक सन्तुलन गुमाएका हुन्। कतिपयलाई आक्रमण नै गर्न थालेपछि उनलाई दाम्लोमा बाँधेर समेत राखिएको थियो। स्वास्थ्यमा समस्या आए लगत्तै मनोजलाई धरान, काठमाण्डौं, विराटनगर लगायतका अस्पतालमा कुदाइएपनि स्वास्थ्यमा सुधार आएन। धामीझाँक्री र माताकोमा लैजाँदा उत्तिकै खर्च भएको बाबुराम बताउँछन्।

    उपचारको नाममा आठ लाख खर्च हुँदा पनि मनोजको स्वास्थ्यमा सुधार आएन। उपचारकैक्रममा परिवार ऋणमा चुर्लुम्म डुबेपछि हार खाएका बाबुरामले मनोजलाई घरमा ल्याएर राखेका थिए। परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तान हुन्। विभिन्न अस्पताल चाहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा बिरामी छोरालाई घर फर्काएका बाबुराम तामाङले बिष्टलाई सहयोगका लागि गुहारेका थिए।

    बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पीडित भएका मनोजको भिडियो खिचेर देश विदेशका दातामाझ सहयोग अभियान चलाएका थिए।

    कांग्रेसका युवा नेता बाजिन्द्र विष्टले मनोज तामाङसँग दोहोरो कुरा गरेको भिडियो हेर्न तलको लिङ्क खोल्नुहोस् :

    https://www.facebook.com/messenger_media/?thread_id=100035436763818&attachment_id=578598329812739&message_id=mid.%24cAAAAD4TAiOGA0lhQW16oQlJkXCEb

    images
    images

    प्रकाशित :श्रावण १, २०७८ शुक्रवार - १८:१५:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij