साउन १, खोटाङ - विद्युत अवरुद्ध हुँदा खोटाङ, ओखलढुङगा र सोलुखुम्बु अन्धकार बनेको छ।
विहीबार साँझदेखी विद्युत अबरुद्ध हुँदा तीन जिल्ला अन्धकार बनेको हो।
उदयपुरको छाम्लीङदेखी रसुवाघाटबीचमा विद्युत फल्ट भएको र पत्ता लगाउने काम भइरहेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण शाखा कार्यालयले जानकारी दिएको छ।
फल्ट पत्ता लगाउन तीन टोली विहानै देखी परिचालन गरिएको कार्यालयको भनाई छ। कार्यालयका अनुसार फल्ट पत्ता लाग्नासाथ विद्युत सुचारु हुनेछ।