• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जाङ्मुसँग गरे मुख्यमन्त्री शेरधनले विवाह

जाङ्मुसँग गरे मुख्यमन्त्री शेरधनले विवाह

images

प्रभाव न्यूज

११ माघ २०७७
  • 13.1K
    SHARES
  • images
    जाङ्मुसँग गरे मुख्यमन्त्री शेरधनले विवाह
    images
    images
    images

    प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिएका छन्।

    images

    काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।

    ४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्।

    उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् । परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ । विवाहको आजै हुने रिसेप्सन आजै हुने कार्यक्रम रहेको छ। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्।

    images

    उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्। प्रारम्भिक शिक्षा काठमाडौंको अल्पाइन् भ्याली स्कुलबाट पुरा गरेकी उनले हिमालयन इन्टर मोडलबाट उच्च शिक्षा लिएकी हुन्। राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुने भएको छ।

    images

    १३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनयसमेत गरेकी छन्।

    भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका ३ मा वुवा जागीरमान राई र आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागुन ११ गते शेरधन राईको जन्म भएको थियो। २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भएका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने।

    २०५४ सालमा एमाले विभाजन पछि जिल्लामा पार्टीको नेतृत्व सम्हाल्नेका उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने। २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा सांसद बने।

    २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पराजित राई दोस्रो संविधानसभा विजयी राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

    दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भए। मुलुककै कान्छो सांसद बनेर राजनीतिमा छलाङ मारेका राईले २०७४ सालसम्म आइपुग्दा संघीय मुलुकको प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका थिए।

    -सेतोपाटीको सहयोगमा 

    images
    images

    प्रकाशित :माघ ११, २०७७ आइतवार - १४:५०:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij