असार २८, काठमाडौ - प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।
फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो।
आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले भने, “हामी तयारी अवस्थामा छौँ । सुरक्षा व्यवस्था दुरुस्त बनाएका छौँ ।”
सुरक्षा निकायले सर्वोच्चको नतिजा जस्तो पनि आउन सक्ने भएकाले तयारीमा रहन मातहतलाई निर्देशनसमेत दिएका छन्। नेपाल प्रहरीबाहेक सशस्त्र प्रहरी बल पनि उल्लेख्य मात्रामा परिचालित भएको छ ।
गएको जेठ ८ गते मध्यराति प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटनविरुद्ध परेको रिटमा लामो बहसपछि सर्वोच्चले फैसला सुनाउन लागेको हो ।