• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दारलाई आफनै भाईले टुक्रा-टुक्रा पारेपछि ...

अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दारलाई आफनै भाईले टुक्रा-टुक्रा पारेपछि ...

images

प्रभाव न्यूज

२६ आषाढ २०७८
  • 114.7K
    SHARES
  • images
    अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दारलाई आफनै भाईले टुक्रा-टुक्रा पारेपछि ...
    images
    images
    images

    असार २६, विराटनगर  - विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन्।

    images

    विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन्।

    भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन्। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए। उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ ।

    गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो। तर, अस्पताल पुर्याउनसाथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

    images

    हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए। दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    images

    पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ रहेको प्रहरीले जनाएको छ। दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो ।

    उनी आफै घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला एक महिनाको तालिम सकेर उनी केही दिन अघि मात्रै विदा लिएर घर आएका थिए। दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।

    images
    images

    प्रकाशित :आषाढ २६, २०७८ शनिवार - ०९:०८:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij