• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


विवाह गरेपछि २१ दिनदेखि जंगलमा यो जोडी (भिडियोसहित)

विवाह गरेपछि २१ दिनदेखि जंगलमा यो जोडी (भिडियोसहित)

images

प्रभाव न्यूज

२५ आषाढ २०७८
  • 17.6K
    SHARES
  • images
    विवाह गरेपछि २१ दिनदेखि जंगलमा यो जोडी (भिडियोसहित)
    images
    images
    images

    असार २५, काठमाडौँ - कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडी झण्डै एक महिनादेखि जंगलमा लुकेर बस्न बाध्य रहेको सार्वजनिक भएको छ।

    images

    कैलालीको भजनी नगरपालिका ४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल अन्तरजातीय विवाह गरेपछि २१ दिनदेखि जंगलमा लुकेर बस्न बाध्य भएका हुन्। उनीहरु फाटट्फुट्ट गाउँमा आएपनि जंगलमा लुकेर बस्ने गरेको युवकका आफन्तले बताएका छन्।

    विवाह गरेलगत्तै युवतीका आफन्तले युवकलाई मारिदिने, घर जलाई दिने चेतावनी दिएपछि उनीहरु जंगलमा बस्न बाध्य भएका हुन्। युवतीका आफन्तले रुकुम हत्याकाण्डजस्तै मारिदिने चेतावनी दिएपछि युवक त्रसित भएका हुन्। कैलालीकै एक जंगलमा लुकेर बसिरहेका उनीहरुले जंगलबाटै आफूहरु समस्यामा परेको भिडियो सार्वजनिक गरेका छन् ।

    भिडियोमा युवा युवतीले आफूहरुलाई मार्ने धम्की दिएपछि जंगलमा लुकेर बसेको बताएका छन् । दलित अभियान्ता तथा अध्येता जेबी विश्वकर्माले यो भिडियो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन्।

    images

    भिडियोमा उनीहरुले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन्।

    images

    भिडिओ हेर्नुहोस :

    https://twitter.com/JBBiswokarma?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1413387237316644867%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fekagaj.com%2Farticle%2Fsociety%2F18994%2F

    images
    images

    प्रकाशित :आषाढ २५, २०७८ शुक्रवार - १४:००:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij