• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा भुजेल भाषा संस्कार संस्कृति सम्बन्धी प्रशिक्षण

खोटाङमा भुजेल भाषा संस्कार संस्कृति सम्बन्धी प्रशिक्षण

images

प्रभाव न्यूज

२५ आषाढ २०७८
  • 24.6K
    SHARES
  • images
    खोटाङमा भुजेल भाषा संस्कार संस्कृति सम्बन्धी प्रशिक्षण
    images
    images
    images

    असार २५, खोटाङको साकेला गाँउपालिकामा भुजेल जातीको भाषा संस्कार–संस्कृति (पुजारामे) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    images

    कोरोना कहरका विचमा स्वास्थ्यका मापदण्ड अपनाउदै भुजेल जातीको भाषा संस्कार–संस्कृतिलाई जिल्ला भित्र्याउने उदेश्यका साथ ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

    भुजेल समाज सेवा साकेला गाउँपालिकाको आयोजना तथा साकेला गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रशिक्षण कार्यक्रममा भुजेल समाज सेवा खोटाङका पदाधिकारीहरुले सहजीकरण गरेको भुजेल समाज सेवा साकेला गाउँपालिकाका संस्कार– संस्कृति संरक्षण संयोजक प्रजा कुमार भुजेलले जानकारी दिए।

    संयोजक प्रजा कुमारले भने जिल्लामा भुजेल बन्धुहरू धेरै हुनुहुन्छ तर भुजेल भाषा, संस्कार–संस्कृति छ भन्ने भुजेललाई नै थाहा छैन, त्यसैले पनि आफ्नो भाषा संस्कार सस्कृती पहिचान गरि जिल्लामा भुजेल सस्कार संस्कृति भित्र्याउनका साथै र अन्य गैर भुजेल समुदायलाई आफ्नो संस्कार–संस्कृतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो।

    images

    ४ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा भजेलहरुको जन्मदेखी मृत्युसम्मका जन्म, विवाह र मृत्यु संस्कारलगायतका विषयमा प्रशिक्षण दिइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिकाकासाथै तेह्रथुम जिल्लाका ७ जनाले उक्त प्रशिक्षणमा सहभागीता जनाएका थिए।

    images

    भुजेलजातीको भाषा संस्कार–संस्कृति नेपालका हरेक भुजेलहरुको घर–घरमा पु-याउनु पर्ने प्रशिक्षक तथा भुजेल संस्कार–संस्कृति संरक्षण समितिका केन्द्रिय सदस्य वाल कुमार भुजेलले बताउनुभयो। भुजेलजातीको आफ्नै भाषा संस्कार–संस्कृति भएकाले यसको खोज तथा अनुसन्धानमा भुजेलहरु आफै सकृय भएर लाग्नु पर्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले बताउनुभयो।

    हाम्रो देश बहुभाषा बहुसंस्कृति भएको देश हो त्यसैले सबैले आ आफ्नै संस्कार संस्कृति संरक्षण गर्नु पर्ने उहाको भनाई छ। भुजेल समाज सेवा साकेला गाउँपालिका अध्यक्ष कुमार सिंह भुजेलले जातीय भाषा संस्कारलाई संरक्षण र प्रर्वद्धनमा साकेला गाउँपालिकाले गरेको सहयोग प्रति सम्मान व्यक्त गर्नुभएको छ।

    जिल्लामा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ६ नेर्पा र रावा बेसी गाउँपालिकाको वडा नं ६ हौंचुरमा मृत्यु संस्कार भुजेल जातीकै परम्परा अनुशार गर्न शुरु गरिएको भुजेल समाज सेवा खोटाङका सचिवालय सचिव उमेश भुजेल बताउनुभयो।

    images
    images

    प्रकाशित :आषाढ २५, २०७८ शुक्रवार - ०९:३२:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij