असार २५, खोटाङ- कोरोना भाइरसकोे संक्रमणबाट खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ टेम्मा खाम्ला घर भएकी ६४ वर्षीया कमला राईको निधन भएको छ।
कोरोना पोजेटिभ भएपछि उनलाई अस्थाई कोभिड अस्पताल याम्खामा उपचारको लागि राखिएको थियो।
कोभिड अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि असार साता काठमाडौं रेफर गरिएको गाउँपालिकाका आइटी प्रमुख मणीचन्द्र राईले जानकारी दिए। उनको काठमाडौंस्थित पाटन अस्पतालमा उपचारकोक्रममा गएराति निधन भएको बताइएको छ।
योसँगै गाउँपालिकाकाबाट रेफर गरिएका ३ जनामध्ये २ जनाको निधन भएको छ।