• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा यस्तो छ कोरोना संक्रमणको ग्राफ, परीक्षणको दायरा झनै साँघुरो

खोटाङमा यस्तो छ कोरोना संक्रमणको ग्राफ, परीक्षणको दायरा झनै साँघुरो

images

प्रभाव न्यूज

२४ आषाढ २०७८
  • 14.4K
    SHARES
  • images
    खोटाङमा यस्तो छ कोरोना संक्रमणको ग्राफ, परीक्षणको दायरा झनै साँघुरो
    फाइल तस्विर
    images
    images
    images

    असार २४, खोटाङ -  खोटाङका १ हजार ६२० जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहिवारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल २ हजार २१ जनालाई संक्रमण भएकामा १ हजार ६२० जना संक्रमित निको भएका हुन्।

    images

    १० स्थानीय तह रहेको जिल्लामा १ हजार ६०२ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिया संक्रमितको संख्या ३७१ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

    जिल्लामा संक्रमण जित्नेको संख्या सक्रिया संक्रमितको संख्या भन्दा १ हजार २४९ ले बढि हुन पुगेको छ। यद्यपी, हाल कोभिड–१९ को संक्रमण परीक्षणको दायरा भने साँघुरो पारिएको छ। गाउँ–गाउँमा संक्रमण फैलिरहँदा पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ।

    अर्कातर्फ कतिपय सरकारी कार्यालय, बजार तथा हाटबजारमा भिडभाड पनि बढ्न थालेको देखिएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा पनि बेवास्ता गर्न थालिएको देखिएको छ।

    images

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६३५ जना, हलेसी तुवाचुङ नगरपालिकाका २२२ जना, रावाबेँसी गाउँपालिकाका १०५ जना, केपिलासगढी गाउँपालिकाका ८१ जना, ऐसेलुखर्क गाउँपालिकाका १२२ जना, जन्तेढुंगा गाउँपालिकाका ७० जना, खोटेहाङ गाउँपालिकाका ६७ जना, साकेला गाउँपालिकाका १७५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ११८ जना र बराहपोखरी गाउँपालिकाका २५ जनाले संक्रमण जितेका छन् ।

    images

    जिल्लामा हालसम्म ६ हजार ७८० जनाको एन्टीजेन र १ हजार ९०८ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २१ जनालाई संक्रमण पूष्टि भएको हो ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १३८ जना, हलेसी तुवाचुङ नगरपालिकामा १४ जना, रावाबेँसी गाउँपालिकामा २४ जना, केपिलासगढी गाउँपालिकामा १५ जना, ऐसेलुखर्क गाउँपालिकामा ६४ जना, खोटेहाङ गाउँपालिकामा ४७ जना, साकेला गाउँपालिकामा ११ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४७ जना र बराहपोखरी गाउँपालिकामा ४ जना सक्रिया संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

    दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म ३३ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, रावाबेँसी गाउँपालिकामा २ जना, केपिलासगढी गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा ३ जना, जन्तेढुंगा गाउँपालिकामा २ जना, खोटेहाङ गाउँपालिकाका १ जना, साकेला गाउँपालिकामा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना र बराहपोखरी गाउँपालिकामा १ जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन्।

    संक्रमित स्वास्थ्यकर्मीमध्ये कतिपय डिस्चार्ज भइसकेका छन्। हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना, रावाबेँसी गाउँपालिकामा १ जना, केपिलासगढी गाउँपालिकामा १ जना र ऐसेलुखर्क गाउँपालिकामा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

    हाल २१ जना जिल्ला बाहिरका अस्पतालमा रेफर गरिएको अवस्थामा छन् भने १६ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

    images
    images

    प्रकाशित :आषाढ २४, २०७८ बिहिवार - २०:२१:४७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij