• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सुन्दरे खोलाले ठेकेदारको गाडी बगायो, तीन जना बेपत्ता

सुन्दरे खोलाले ठेकेदारको गाडी बगायो, तीन जना बेपत्ता

images

प्रभाव न्यूज

२३ आषाढ २०७८
  • 21.7K
    SHARES
  • images
    सुन्दरे खोलाले ठेकेदारको गाडी बगायो, तीन जना बेपत्ता
    images
    images
    images

    असार २३, पर्वत - जिल्लाको कुश्मा नगरपालिका-८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्।

    images

    गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडी र त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

    बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहेका छन्। अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

    प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि अवस्था पत्ता लाग्न सकेको छैन। अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

    images

    बाढीले तीन वटा घर पनि बगाएको छ। खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ।

    images

    images
    images

    प्रकाशित :आषाढ २३, २०७८ बुधवार - ०९:०१:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij