• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा अभद्र व्यवहार गर्ने एक सवारी चालक प्रहरीको खोरमा

खोटाङमा अभद्र व्यवहार गर्ने एक सवारी चालक प्रहरीको खोरमा

images

प्रभाव न्यूज

२३ आषाढ २०७८
  • 84.7K
    SHARES
  • images
    खोटाङमा अभद्र व्यवहार गर्ने एक सवारी चालक प्रहरीको खोरमा
    images
    images
    images

    असार २३, खोटाङ - मादक पदार्थ सेवन गरी सवारी साधन चलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ परेका छन्।

    images

    काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–३ धुलीखेलका ४० वर्षीय सन्त बहादुर राई दिक्तेलको रत्नपार्कबाट पक्राउ परेका हुन्।

    सोमबार अपरान्ह ४ बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कको सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउदै गरेको अवस्थमा राईलाई ड्युटीमा खटेका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी सागर साहले जानकारी दिए।

    ड्युटीमा खटेका प्रहरीले फेला पारी चेकजँच गर्ने क्रममा राईले उल्टै अश्लिल बोलीबचन प्रयोग गरी गालीगलौच तथा हो–होल्ला गर्दै सो स्थान वरपर रहेका सर्वसाधरण मानिसहरु, महिला तथा बालबालिकाहरु समेतलाई असर गर्ने किसिमको क्रियाकलाप गरी अभद्र व्यवहार गरेका थिए।

    images

    पक्राउ परेका राईको बिरुद्धमा अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरी मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भईरहेको सूचना अधिकारी साहले बताए।

    images

    images
    images

    प्रकाशित :आषाढ २३, २०७८ बुधवार - ०८:१७:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij