• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


ऐतिहासिक हलेसी गढीको संरक्षण र विकास गर्न कार्यदल गठन

ऐतिहासिक हलेसी गढीको संरक्षण र विकास गर्न कार्यदल गठन

images

प्रभाव न्यूज

२२ आषाढ २०७८
  • 12.8K
    SHARES
  • images
    ऐतिहासिक हलेसी गढीको संरक्षण र विकास गर्न कार्यदल गठन
    images
    images
    images

    असार २२, खोटाङ -  खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको ऐतिहासिक हलेसी गढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न कार्यदल गठन भएको छ।

    images

    स्थानीय समाजसेवी भुपेन्द्र कुमार राईको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन भएको हो।

    हिन्दू, बौद्ध र किरातको त्रिधार्मिक स्थल अन्तर्गत किरात धर्मालम्बीहरुको क्षेत्र हलेसीगढी संंरक्षण तथा विकास गर्ने गरि कार्यदल गठन भएको बताइएको छ।

    हलेसीगढी संंरक्षण तथा विकास गर्ने भन्दै होलैसुङ समुह नामक एक संस्थामा आन्तरिक खटपट देखिएपछि सो समुहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार नगर प्रमुख इवन राईले अनुरोध गरेको बुझिएको छ।

    images

    तर, गढीको संरक्षण र विकास गर्ने नाममा उक्त समुह आधिकारीक नभएको पुष्टि भएपछि सोही संस्थाका भुपेन्द्र कुमार राईको संयोजकत्वमा कार्यदल गठन भएको हो।

    images

    सो संस्थाका राई र दिपेन्द्र राईले केही दिन अघि होलैसुङ समुहमा आफूहरु नरहने भन्दै सामाजिक संजालमा विज्ञप्ती नै जारी गरेपछि गढी संरक्षणका लागि कार्यदल बनाइएको बताइएको छ।

    होलैसुङ समुहको आवरणमा दलगत स्वार्थ पूरा गर्न प्रयोग गरिएको पाइएपछि भुपेन्द्र कुमार राई र दिपेन्द्र राईलगायतका व्यक्तिहरु बाहिरिएको एक स्रोतले बताएको छ।

    होलैसुङ समुहलाई आधिकारिक बन्न र गढीलाई समेटेर लिएर जान बारम्बार अनुरोध गर्‍यौँ। उहाँहरुबाट उक्त समुहलाई आधिकारीकता दिने काम भएन। उहाँहरुको आन्तरिक विवादका कारण उक्त समुह आफैं विघटन भएपछि गढीको संरक्षण, प्रवर्धन र विकासको प्रचार -प्रसार गर्नको लागि कार्यदल गठन गरिएको नगर प्रमुख राईले बताए।

    ‘गढीको संरक्षण गर्ने, गढीको पुरातात्विक अन्वेषण गर्ने, विभागसँग समन्वय गरेर यसको प्रमाणीकरण गराउने, आवश्यक दस्तावेज संकलन गराउने, पर्‍यापर्यटननकोरुपमा विकास गरि यस क्षेत्रको धार्मिक सांकृतिक पर्यटनको विकासको गन्तव्यको रुपमा स्थानीयहरुको आयआर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले गढी बनाइएको छ।’ राईले भने, ‘यस अघि होलैसुङ समुहले यस गढीको बारेमा विभिन्न काम गर्दै आएको भनेपनि अहिलेसम्म कुनै दर्ता नभएको, यो बिचमा खेलमैदान देखी लिएर विविध काम गर्ने विषयमा खटपट आइसकेपछि बास्तविकता बुझ्दा आधिकारीक नभएको पाइयो, त्यसैले आगामी दिनमा गढीको संरक्षणका लागि कार्यदल निर्माण गरेका हौँ।’

    अब गढीको संरक्षणका लागि राईको संयोजकत्वमा गठन भएको कार्यदलले आगामी दिनमा सरकारवालाहरु सबैलाई समेटेर एउटा बृहत कार्य समिति निर्माण गर्नेछ।

    हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमस्थित ऐतिहासिक गढी हलेसी थुमका प्रथम शासक होलैसुङ र उनका दश भाई छोराको सम्झना र सम्मानमा निर्माण गरिएको सामूहिक चौतारो हो।

    चौतारोको छानोमा धनुषबाण र ढुंगाको तरबार राखिएको छ। करिब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलैसुङ तथा उनका छोराहरुको स्मृतिमा सो ठाँउमा चौतारा निर्माण गरिएको छ।

    चौतारोमा होलैसुङका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदोहोँछा र कान्छा तातेसुङहोँछाको नाम उल्लेख छ।

    होलैसुङ राजाले हलेसी क्षेत्रमा प्रथम कविलाको रुपमा शासन सञ्चालन गरेका थिए

    images
    images

    प्रकाशित :आषाढ २२, २०७८ मंगलवार - १९:१६:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij