असार २१, खोटाङ - जिल्लाका तीन महिला हत्याका दोषी खोज्न अधिकतम प्रयास गर्ने खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताएका छन्।
सोमबार पत्रकारहरुविचको परीचयात्मक कार्यक्रममा पत्रकारले उठाएको तीन महिला हत्या विषयमा उनले टाईमलाईन दिन नसके पनि अधिकतम प्रयास गर्ने बताएका हुन्।
बोलीले भन्दा कामले मान्छेको पहिचान गर्नेमा विश्वस्त दिलाउँदै महिलाहरुको हत्यारा खोजीमा आफू र आफ्नो टिमले अथक प्रयास गर्ने बताए।
२०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यामा संलग्न दोषीको अझैसम्म पत्ता नलाग्दा प्रहरी तथा प्रशासनको आलोचना हुने गरेको छ।
तीनैजना महिलाको विभत्स रुपमा हत्या भएको थियो। जिल्लाका महिला अधिकारकर्मी, राजनीतिक दल, नेता, सरोकारवालाले निर्मला पन्त, भागरथी भट्टको हत्यारा खोज भनेको तर, खोटाङका तीन महिलाको हत्यारा खोज नभनेको पत्रकारहरुले बताएका छन्।
सरकारी सवारी साधन दुरुपयोग सम्बन्धमा पत्रकारले उठाएको प्रश्नमा प्रनाउ लम्सालले केही दिनमै त्यसको नतिजा देख्न पाउने बताएका छन्। दिक्तेलबजारभित्र अत्याधिक गतिमा ट्याक्टर कुदाउने गरेकोमा दुर्घट्ना निम्तने खतरा रहेको भनि पत्रकारले दिएको सुझावमा सम्बन्धित पक्षसँग छलफल गरेर निरुपणको प्रयास गरिने उनले बताए।
प्रनाउ लम्साल भर्खरै जिल्ला प्रहरी कार्यालय खोटाङमा आएका हुन। यस अघि उनी प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो महाराजगंज काठमाडौंमा कार्यरत थिए।