• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिप्रुङमा वडा टुक्र्याउने प्रस्ताव पारित, अब टेम्मा २ वटा वडा हुने

दिप्रुङमा वडा टुक्र्याउने प्रस्ताव पारित, अब टेम्मा २ वटा वडा हुने

images

प्रभाव न्यूज

२१ आषाढ २०७८
  • 19.2K
    SHARES
  • images
    दिप्रुङमा वडा टुक्र्याउने प्रस्ताव पारित, अब टेम्मा २ वटा वडा हुने
    images
    images
    images

    असार २१ खोटाङ  - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा टुक्र्याउने प्रस्ताव पारित गरेको छ।

    images

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५ र ६ मा भएको व्यवस्था अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मालाई विभाजन गर्नका लागि गत असार १० गतेको गाउँसभामा पेश भएको प्रस्तावलाई मतदानका माध्यमबाट पास गरिएको हो।

    गाउँसभामा टेम्मा र दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेलाई विभाजन गर्नका लागि प्रस्ताव पेश भएकामा टेम्मालाई विभाजन गर्ने प्रस्ताव मात्र पारित भएको हो। शनिबारको गरिएको मतदानका क्रममा गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ।

    त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत खसेको नखसेको गाउँपालिकाले जनाएको छ। सवै मत टेम्मालाई विभाजन गर्ने पक्षमा खसेपछि गाउँसभाले वडा विभाजन गर्ने प्रस्तावलाई अनुमोदन गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

    images

    विभाजनका पक्षमा खसेको मतका आधारमा अव टेम्मालाई औपचारिकरुपमा विभाजनका लागि बाटो खुलेको छ। टेम्मा विभाजन भएसँगै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ८ वटा वडा हुने छ । कुल क्षेत्रफल १७.९ वर्गकिलोमिटर र जनसंख्या ४ हजार ३६७ रहेको टेम्मालाई विभाजनका लागि कार्यपालिका सदस्य चन्द्रकला राईले गाउँसभामा प्रस्ताव पेश गरेकी थिईन्।

    images

    साविकको टेम्मा–३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा–१, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको छ। वडाविभाजनको प्रस्तावलाई प्रदेशमा पठाइने गाउँपालिकाले जनाएको छ।

    यस्तै, आवश्यक मत नपुग्दा बतासेलाई विभाजन गर्ने प्रस्ताव भने गाउँसभामा अस्वीकृत भएको छ। बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ। तटस्थमा भने कुनै पनि मत खसेन।

    बतासेलाई साविकको बतासे–१, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे–५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो। बतासेलाई बिभाजन गर्नका लागि सोही वडाका वडाध्यक्ष लोकेन्द्र राईले प्रस्ताव पेश गरेका थिए। एमालेबाट निर्वाचित गाउँसभा सदस्यले मात्र वतासे विभाजनको पक्षमा मतदान गरेका छन्।

    वडाध्यक्ष राईले कांग्रेसले वडाविभाजनको पक्षमा मतदान नगरेर ‘घोका’ दिएको सामाजिक सञ्जालमा लेखेका छन्। वडाको संख्या वा सीमामा हेरफेर गर्न आवश्यक भएमा गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने व्यवस्था छ।

    प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्ताव बमोजिम वडाको संख्या वा सीमाना हेरफेर गर्ने व्यवस्था छ ।

    images
    images

    प्रकाशित :आषाढ २१, २०७८ सोमवार - १४:५९:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij