• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गर्भवतीको हेलिकप्टरबाट उद्धार

गर्भवतीको हेलिकप्टरबाट उद्धार

images

प्रभाव न्यूज

२१ आषाढ २०७८
  • 11.0K
    SHARES
  • images
    गर्भवतीको हेलिकप्टरबाट उद्धार
    फाइल तस्विर
    images
    images
    images

    असार २१, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

    images

    सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो। छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पीडा शुरु भएको थियो।

    सुत्केरी हुनेक्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक समस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे कोभिड अस्पतालमा ल्याएको थियो। गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए।

    सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। उद्धार गरी काठमाडौँ पठाइएको महिलाको अहिले काठमाडौँको थापाथली प्रसूतिगृहमा उपचार भइरहेको छ ।

    images

    images
    images

    प्रकाशित :आषाढ २१, २०७८ सोमवार - १०:२५:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij