• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रतिनिधिसभा विघटन मुद्दाको बहस अब ४ घण्टा बाँकी, त्यसपछि आउँदैछ फैसला

प्रतिनिधिसभा विघटन मुद्दाको बहस अब ४ घण्टा बाँकी, त्यसपछि आउँदैछ फैसला

images

प्रभाव न्यूज

२० आषाढ २०७८
  • 10.1K
    SHARES
  • images
    प्रतिनिधिसभा विघटन मुद्दाको बहस अब ४ घण्टा बाँकी, त्यसपछि आउँदैछ फैसला
    images
    images
    images

    असार २०, काठमाडौँ- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत भोलि (सोमबार) रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्नेछन्।

    images

    सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नेछन्। रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा बाँकी छ।

    आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएका छन्। सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए।

    सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस शुरु गरेका हुन्।

    images

    images
    images

    प्रकाशित :आषाढ २०, २०७८ आइतवार - २०:३५:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij