• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

images

प्रभाव न्यूज

२० आषाढ २०७८
  • 16.7K
    SHARES
  • images
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु
    images
    images
    images

    असार २०, खोटाङ -  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ।

    images

    ५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने गरी आर्थिक वर्ष २०७७-०७८ मा ल्याइएको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले आइतबार बरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रोत्साहन भत्ता प्रदान गर्दै पत्रकारलाई प्रोत्साहन भत्ता दिने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो।

    गाउँपालिकाको सभाहलमा आयोजित ज्येष्ठ पत्रकार सम्मान तथा प्रोत्साहन भत्ता वितरण कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राईले पत्रकार आचार्यलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित प्रोत्साहन भत्ताको चेक हस्तान्तरण गरेका छन्।

    नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानीको सम्मान पाइसकेका आचार्यलाई मासिक दुई हजारका दरले एक वर्षको एकमुष्ट २४ हजार रकमको चेक हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

    images

    ‘पत्रकारको पेशागत सुरक्षाका लागि ठूरा कुरा गर्ने तर काम नगर्ने’ राष्ट्रिय समस्याकाबीचमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्थानीय सरकारकारुपमा पत्रकारमैत्री नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। गाउँपालिकाले निर्धारण गरेको मापदण्ड अनुसार प्रोत्साहन भत्ता पाउने आचार्य जिल्लाकै एक्लो पत्रकार हुन्। पत्रकार महासंघको सदस्यता लिएर पत्रकारिता पेशासँगै अन्य पेशामा आवद्ध रहेका पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

    images

    प्रोत्साहन भत्ताको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सकिने गाउँपालिकाले जनाएको छ। ‘पत्रकारको हितमा नीति तथा कार्यक्रम ल्याउन प-यो भनेर मुलुकभर आवाज उठेको देखिन्छ। तर, त्यसको कार्यान्वयन भएको देखिन्न। कम्तीमा यसको सुरुवात हाम्रो ठाउँबाट गरौं भन्ने हाम्रो नीति हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सूचना तथा सञ्चार माध्यमको दृष्टिकोणले नमूना गाउँपालिकाको रुपमा विकसित गर्ने लक्ष्य लिएका छौँ।

    यो स्थानीय सरकारको दायित्व पनि हो। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पत्रकारमैत्री नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताएका छन्।

    आर्थिक वर्ष २०७७-०७८ मा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लामा क्रियासिल पत्रकारलाई मुटु, क्यान्सर, मष्तिष्कघात जस्ता गम्भीर प्रकृतिका रोग लागेको अवस्थामा उपचारमा लागेको २० प्रतिशत खर्च सहयोग गर्ने, जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमको वृद्धि विकासका लागि नेपाल सरकारले निर्धारण गरेको मापदण्ड पुरा गर्ने सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने लगायतका नीति तथा कार्यक्रम ल्याएको थियो।

    images
    images

    प्रकाशित :आषाढ २०, २०७८ आइतवार - १९:१५:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij