• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा कोरोना संक्रमित एक महिलाले जन्माइन बच्चा

खोटाङमा कोरोना संक्रमित एक महिलाले जन्माइन बच्चा

images

प्रभाव न्यूज

२० आषाढ २०७८
  • 15.5K
    SHARES
  • images
    खोटाङमा कोरोना संक्रमित एक महिलाले जन्माइन बच्चा
    images
    images
    images

    असार २०, खोटाङ -  विश्वभरी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण खोटाङमा पनि तीव रुपमा फैलिएको छ।

    images

    यो भाइरसको संक्रमणमा परेकी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खाकी २४ वर्षीय एक संक्रमित महिलाले बच्चा जन्माएकी छिन।

    ति महिलाले शनिबार राती स्वस्थ बच्चा (छोरी)लाई जन्म दिएकी हुन्। शनिबार दिउँसो अस्थायी कोभिड अस्पतालमा याम्खामा भर्ना भएकी महिलाले आफू संक्रमित भएपनि स्वस्थ्थ बच्चा जन्माएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए।

    अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

    images

    महिलालाई ५ दिनअघि कोभिड संक्रमण पूष्टि भएको थियो। नवजात शिशुको तौल ३ सय ग्राम रहेको स्वास्थ्यचौकी याम्खाले जनाएको छ।

    images

    कोभिड संक्रमणको बीच ति महिलाले पहिलो सन्तान जन्माएकी हुन्।

    images
    images

    प्रकाशित :आषाढ २०, २०७८ आइतवार - १८:४४:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij