• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सप्तकोसी नदी उर्लियो, स्थानीवासी तराइमाम!

सप्तकोसी नदी उर्लियो, स्थानीवासी तराइमाम!

images

प्रभाव न्यूज

१९ आषाढ २०७८
  • 29.2K
    SHARES
  • images
    सप्तकोसी नदी उर्लियो, स्थानीवासी तराइमाम!
    images
    images
    images

    असार १९, काठमाडौं -  निरन्तरको बर्षा जारी रहे सँगै सप्तकोसी नदीको बहाव यस वर्षकै उच्च भएको छ।

    images

    आज शनिबार बिहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ। कोशीमा पानीको बहाव यस वर्षकै उच्च हो । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो।

    उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो। बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा बिहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

    सप्तकोसी नदीमा बहाव बढ्नुको मुख्य कारण पहाडी क्षेत्रमा भइरहेको ठूलो वर्षा हो। बहाव बढेपछि आज बिहानसम्ममा कोसी ब्यारेजका २८ वटा ढोका खुला गरिएको छ। शुक्रबार रातिसम्ममा २४ वटा मात्रै ढोका खुला गरिएको थियो।

    images

    कोसी ब्यारेजमा ५६ वटा ढोका रहेका छन्। पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :आषाढ १९, २०७८ शनिवार - ०९:३७:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij