• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जिल्ला प्रशासन कार्यालय खोटाङले दियो यस्तो चेतावनी

जिल्ला प्रशासन कार्यालय खोटाङले दियो यस्तो चेतावनी

images

प्रभाव न्यूज

१७ आषाढ २०७८
  • 30.4K
    SHARES
  • images
    जिल्ला प्रशासन कार्यालय खोटाङले दियो यस्तो चेतावनी
    images
    images
    images

    असार १७, खोटाङ  - जिल्ला प्रशासन कार्यालय खोटाङले मनसुन सुरुवातसँगै बाढी, डुवान तथा पहिरोजन्य विपतबाट बच्नको लागि सतर्कता अपनाउन सर्वसाधरणमा अनुरोध गरेको छ।

    images

    मनसुन सक्रिय अवधिभर बाढी, डुवान, पहिरोका कारण जोखिमयुक्त स्थानहरुमा विशेष सावधानी अपाउन प्रशासनले आग्रह गरेको हो।

    वर्षाद्को समयमा अत्याधि पानी पर्ने र जमिन गल्ने हुँदा उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरि नदी, खोला किनार एवम् सम्भावित पहिरो जाने जोखिमपूर्ण क्षेत्र आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहने । ज्येष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, महिला, वालवालिकाको जिउधनको सुरक्षामा विशेष ध्यान दिन समेत प्रशासनले सबैलाई चेतावनी दिएको छ।

    बाढी आएको समयमा नदी, खोलामा माछा मार्ने, पौडी खेल्ने, दाउरा संकलन गर्ने जस्ता कार्यलाई प्रशासनले पूर्णरुपमा निषेध गरेको छ।

    images

    बिहीबार विज्ञप्ती जारी गर्दे प्रशासनले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुवान, कटानको जोखिम देखिए नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयको फोन १०० तथा जिल्ला आपितकालिन संचालन केन्द्रको फोन ०३६४२०६८१ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।prasasan.jpg

    images

     

    images
    images

    प्रकाशित :आषाढ १७, २०७८ बिहिवार - १४:४६:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij