• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उपभोक्ता समितिलाई गाउँपालिकाको अभिमुखीकरण

उपभोक्ता समितिलाई गाउँपालिकाको अभिमुखीकरण

images

प्रभाव न्यूज

१० माघ २०७७
  • 20.1K
    SHARES
  • images
    उपभोक्ता समितिलाई गाउँपालिकाको अभिमुखीकरण
    images
    images
    images

    आयोजनाको कामलाई गुणस्तयुक्त ढंगले तोकिएकै समयमा सम्पन्न गर्नका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले उपभोक्ता समितिका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    images

    स्वीकृत वार्षिक कार्ययोजना बमोजिम माघ मसान्तसम्ममा सम्झौता भई कार्यान्वयन हुनुपर्ने योजनालाई लक्ष्यीत गर्दै गाउँपालिकाले शुक्रबार उपभोक्ता समितिलाई सहभागी गराएर एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।

    निर्धारित समयमा आयोजनाको काम सम्पन्न गर्ने वातावरण निर्माणका लागि गत मंसिर १८ गते २० वटा योजनाका उपभोक्ता समितिका लागि अभिमुखीकरण कार्यक्रम गरेको गाउँपालिकाले पुःन दोश्रो चरणको अभिमुखीकरण गरेको हो । आयोजना सञ्चालनकाक्रममा हुने ढिलासुस्ती कम गर्दै गुणस्तरिय ढंगले काम गर्न÷गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

    अभिमुखीकरणमा सहभागी उपभोक्ता समितिका पदाधिकारीलाई उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७५ अनुशार आयोजनाको उपभोक्ता समिति गठनदेखि योजना सम्झौता, खाता सञ्चालन, कामको गुणस्तर, कार्य सम्पन्न प्रतिबेदन, अन्तिम भुक्तानी निकासा र योजना फस्र्योटसम्मका चरणका बारेमा जानकारी दिइएको छ ।

    images

    यस्तै, योजनाको लगत स्टीमेट, रनिङ बिल, कामको गुणस्तर परिणाम, जाँचपास र कार्य सम्पन्न प्रतिबेदन, उपभोक्ता समितिको खाता सञ्चालन सम्वन्धी प्रकृया, पेश्की तथा अन्तिम भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजात, बिल भर्पाई, योजना सम्झौता, अभिलेखन व्यवस्थापन, बैठक माइन्यूट व्यवस्थापन र उपभोक्ता समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधिको अनूसुची ३, ४, ५ र ६ का बारेमा जानकारी दिइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    images

    उनीहरुलाई उपभोक्ता समितिको काम, कर्तव्य र अधिकार, अनुगमन तथा सुपरिवेक्षण, सामाजिक परिक्षण, होर्डिङबोर्ड, लेखा परिक्षण लगायतका बारेमा पनि जानकारी दिइएको गाउँपालिकाले जनाएको छ । क्रमशः अन्य उपभोक्ता समितिका लागि पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईले बताए ।

    images
    images

    प्रकाशित :माघ १०, २०७७ शनिवार - ११:५८:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij