• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


साकेला गाउँपालिकाकी उपाध्यक्ष लगायतले गरे गाउँसभा बहिस्कार

साकेला गाउँपालिकाकी उपाध्यक्ष लगायतले गरे गाउँसभा बहिस्कार

images

प्रभाव न्यूज

१० आषाढ २०७८
  • 24.2K
    SHARES
  • images
    साकेला गाउँपालिकाकी उपाध्यक्ष लगायतले गरे गाउँसभा बहिस्कार
    images
    images
    images

    असार १०, खोटाङ -  बजेट विनियोजनका विषयमा असहमति जनाउँदै खोटाङको साकेला गाउँपालिकाका उपाध्यक्ष सरिता खड्का लगायतले गाउँसभा बहिस्कार गरेका छन्।

    images

    गाउँपालिका अध्यक्ष अर्जुन खड्काले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको बैठकमा अनावश्यक हस्तक्षेप गर्दै एकलौटी बजेट ल्याउन खोजेको आरोप लगाउँदै उपाध्यक्ष खड्कासहित वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, विजय गुरुङ, कार्यपालिका सदस्य कुमारसिं भुजेल, बिमला राई र रेनुका कट्वालले बिहीबारको गाउँसभा बहिस्कार गरेका हुन्।

    गाउँसभा बहिस्कार गर्ने उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्य कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्। गाउँसभा बहिस्कार गर्दै बाहिरिएका उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यले संयुक्त विज्ञप्ती जारी गर्दै कार्यपालिकाको बैठकसमेत नराखी मनोमानी ढंगबाट अराजनितीक र अलोकतान्त्रिक कुशासन स्थापना गर्ने दुस्साहस गरेको भन्दै खेद व्यक्त गरेका छन्।

    माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष खड्काले बहुमतको दम्भ देखाएर चुनाव लक्षित बजेट तथा कार्यक्रम ल्याउन खोजेकाले आफूहरुले गाउँसभा बहिस्कार गर्नुपरेको उपाध्यक्ष खड्काले बताइन्।

    images

    गाउँपालिकाका केही कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता भएको सवालमा पटक–पटक आवाज उठाउँदा कुनै जवाफ नदिइएको, गाउँपालिकाको सवारी इन्धनमा मनोमानी गरिएको विज्ञप्तीमा उल्लेख छ।

    images

    यद्यपी, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिमार्फत् बेलामा योजना तथा कार्यक्रम ल्याउन ढिलाइ भएपछि गाउँपालिका अध्यक्ष आफैले योजना तथा कार्यक्रम प्रस्ताव गरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाएको जनाइएको छ। कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिए पनि बहुमतका आधारमा आर्थिक वर्ष २०७८-०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गाउँसभा सम्पन्न भएको छ।

    images
    images

    प्रकाशित :आषाढ १०, २०७८ बिहिवार - १९:३५:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij