असार ७, खोटाङ - कोरोना भाइरसको संक्रमणबाट खोटाङमा थप एक जनाको निधन भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको हो। संक्रमण देखिएको करीव २०/२२ दिनपछि सोमबार उनको निधन भएको जालपाका वडाध्यक्ष विकास राईले पूष्टि गरेका छ्न। स्वास्थ्य सावधानीका साथ आजै मृतकको शव व्यवस्थापन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य संयोजक तीर्थराज आचार्यले पनि कोरोनाबाट बृद्धको निधन भएको पूष्टि गरे। जिल्लाभर कोरोनाबाट सात जनाको निधन भएको छ। हाल जिल्लामा १ हजार ६२७ जना कुल संक्रमित पुग्दा १ हजार १२८ जना निको भएका छन्।