• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सिन्धुपाल्चोकमा भीषण बाढी गाउँ पस्यो, कैयौँ हताहतीको आशंका

सिन्धुपाल्चोकमा भीषण बाढी गाउँ पस्यो, कैयौँ हताहतीको आशंका

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 14.9K
    SHARES
  • images
    सिन्धुपाल्चोकमा भीषण बाढी गाउँ पस्यो, कैयौँ हताहतीको आशंका
    images
    images
    images

    असार १, काठमाडौं - सिन्धुपाल्चोकमा लगातार परेको वर्षाका कारण आएको बाढीले हेलम्बु, मेलम्चीलगायतका बजारमा जोखिममा पारेको छ । बेलुकातिरबाट परेको वर्षाका कारण मेलम्चीमा ठूलो बाढी आएको बताइएको छ । मेलम्ची नजिकै रहेको सशस्त्र प्रहरीको क्याम्प बगाएको छ । कैयौँ हताहती भएको आशंका रहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म केही बेपत्ता भएको आशंका गरिएको भए पनि पुष्टि हुन सकेको छैन । “गाउँमा पानी पसेको छ । एकघण्टाभित्र आएको पानीले यो वितन्डा मच्चाएको हो,” उनले भने, “अहिले त्यस क्षेत्रमा बत्ती गएको हुनाले उद्धारमा पनि समस्या भएको छ । बेपत्ता भएका भनिएकाहरु बाढी आएपछि माथितिर सरेको पनि हुन सक्छ तर अहिलेसम्म केही सम्पर्कमा छैनन् ।”

    images

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - २२:४१:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij