• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज राति हुँदैछ भारी वर्षा, महाशाखाले दियो २४ घण्टे यस्तो चेतावनी

आज राति हुँदैछ भारी वर्षा, महाशाखाले दियो २४ घण्टे यस्तो चेतावनी

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 14.6K
    SHARES
  • images
    आज राति हुँदैछ भारी वर्षा, महाशाखाले दियो २४ घण्टे यस्तो चेतावनी
    images
    images
    images

    असार १, काठमाडौं -  गण्डकी, लुम्बिनी र बागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    महाशाखाले मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति देशका अधिकांश स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    यस क्रममा वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

    मौसमविद्का अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी तथा १०० मिलिमिटरभन्दा माथिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ। आजबाट मनसुन थप सक्रिय भएकाले वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्।

    images

    मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। आज साँझ ६ बजे जारी चेतावनीमा भनिएको छ :

    images

    देशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - १९:५४:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij