• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मनाङमा बाढीपहिरोको वितण्डा : तीन सय विस्थापित

मनाङमा बाढीपहिरोको वितण्डा : तीन सय विस्थापित

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 20.2K
    SHARES
  • images
    मनाङमा बाढीपहिरोको वितण्डा : तीन सय विस्थापित
    images
    images
    images

    असार १, काठमाडौं -  तीन दिनको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

    images

    वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताए। चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा पनि बाढी आएको छ। बाढीसँगै खोलामा ठूला ढुंगा झरेका छन्। मनाङको हुलाक कार्यालय र त्यस वरपरका घर बगाएको लामिछानेले जानकारी दिए।

    उनका अनुसार मर्स्याङ्दी नदी छेउका ५ वटा घर डुबेका छन्। लमजुङको सीमानामा रहेको ताल भन्ने गाउँमा ४०-५० वटा घर ढुबेको जानकारी आएको उनले बताए। चामे बेसिशहर सडकको तिमाङ भन्ने स्थानको बेलीब्रीज पनि बाढीले बगाएको छ।

    चामेको नयाँ बजारस्थित पक्की पुल बाढीले बगाएको छ। यस्तै स्याक्लु खोलाले २ वटा काठे पुल बगाउँदा आवागनमा समस्या भएको छ।

    images

    बाढीका कारण अहिले सडक अवरुद्ध भएको छ भने बिजुली पनि नभएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

    images

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - १६:०९:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij