• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सर्लाहीमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

सर्लाहीमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 12.4K
    SHARES
  • images
    सर्लाहीमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु
    images
    images
    images

    असार १ सर्लाही - सर्लाहीमा विषाक्त मदिरा सेवनबाट तीन भारतीय नागरिक सहित आठ जनाको मृत्यु भएको छ। सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा चारदिन यता उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष विनोद साहले जानकारी दिए। ज्यान जानेहरुमा स्थानीय २४ वर्षीय बलिन्द्र दास, ३९ वर्षीय दिनकर दास, ५० वर्षीय रामईश्वर पासवान, ६५ वर्षीय कैलु दास र ५० वर्षीय जुगेश्वर माझी रहेका छन्। यस्तै स्थानीय चन्दन इट्टा उद्योग र नेपाल कट्टा इट्टा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेशका दाताराम निसाद, सर्वेस राम निसाद, र शिवसागर निसादको मृत्यु भएको ब्रह्मपुरी गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले जानकारी दिए। उनका अनुसार तीनैजना भारतीयको जेठ २८ गते साँझ टाउको दुख्ने, भोमिट हुने समस्या देखिएपछि मलंगवा अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा तीनै जनाको सोही दिन मृत्यु भयो। त्यस्तै २९ गतेतिर भारतको उत्तर प्रदेश आग्रामा काम गर्न पुगेका रामईश्वर पासवान र दिनकर दासको मृत्यु भएको संयोजक राउतले बताए। कैलु दासको जेठ ३० गते, जुगेश्वर माझी र बलिन्द्र दासको असार ३१ गते बिहान उपचारकै क्रममा मृत्यु भएको हो। तीन जना भने उपचार पश्चात् निको भएको संयोजक राउतले बताए। विषाक्त मदिरा सेवनबाटै आठैजनाको मृत्यु भएको गापा अध्यक्ष साहले बताए।

    images

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - १२:५६:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij