• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज भारी वर्षा, सतर्क रहन विभागले दियो यस्तो चेतावनी

आज भारी वर्षा, सतर्क रहन विभागले दियो यस्तो चेतावनी

images

प्रभाव न्यूज

१ आषाढ २०७८
  • 13.6K
    SHARES
  • images
    आज भारी वर्षा, सतर्क रहन विभागले दियो यस्तो चेतावनी
    images
    images
    images

    असार १, काठमाडौं - जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना विभागले जनाएको छ । धेरै स्थानमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

    images

    images
    images

    प्रकाशित :आषाढ १, २०७८ मंगलवार - ०९:२१:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij