उदयपुर - उदयपुर त्रियुगा नगरपालिका - ७ काे बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका- ८ धितुङ का २२ बर्षीय सरोज राई रहेका छन्। दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएकाे छ।