• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मनसुन भित्रिएसँगै देशमा ठुलो विपत्ति हुन सक्ने भन्दै विभागले गर्‍यो यस्तो आग्रह

मनसुन भित्रिएसँगै देशमा ठुलो विपत्ति हुन सक्ने भन्दै विभागले गर्‍यो यस्तो आग्रह

images

प्रभाव न्यूज

३० जेठ २०७८
  • 19.0K
    SHARES
  • images
    मनसुन भित्रिएसँगै देशमा ठुलो विपत्ति हुन सक्ने भन्दै विभागले गर्‍यो यस्तो आग्रह
    images
    images
    images

    जेठ ३०, काठमाडौं -  मनसुन आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा उच्च रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

    images

    यस वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन हाल लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ। मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रमा डुबानसमेत हुनसक्ने सम्भावना रहेको विभागको आकलन छ।

    विभागले विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हावापानी प्रारूपहरुका आधारमा यस वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ।

    त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ।

    images

    विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेका छन्।

    images

    विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ । विभागले मौसम तथा बाढीको थप सूचना तथा जानकारीका लागि २४ सै घण्टा सञ्चालन रहने टेलिफोन नं ४११३१९१ (मौसम) र टोल फ्रि नं ११५५ (बाढी) मा सम्पर्क रहिरहन आमसञ्चार माध्यमलगायत सबैलाई जानकारी गराएको छ ।

    साथै विभागले बाढीबाट डुबान हुन सक्ने स्थानमा मोबाइल एसएमएसको माध्यमबाट समेत सूचना सम्पे्रषण गर्ने गरेको छ।

    images
    images

    प्रकाशित :जेठ ३०, २०७८ आइतवार - १०:४७:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij