• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङ सेवा समाज युकेद्धारा ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

खोटाङ सेवा समाज युकेद्धारा ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

images

प्रभाव न्यूज

२६ जेठ २०७८
  • 22.7K
    SHARES
  • images
    खोटाङ सेवा समाज युकेद्धारा ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग
    images
    images
    images

    जेठ २६, खोटाङ -  खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भइ युकेलाई कर्मथलो बनाइरहेकाहरुको साझा संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड - १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको हो।

    images

    जिल्ला अस्पतालको प्राङगणमा खोटाङ सेवा समाज युकेका विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राई र कार्यसमिति सदस्य जानुका राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेका छन्।

    युकेमा दुई हप्ता बढी ‘अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔं’ अभियान चलाएर स्वास्थ्य सामग्री जुटाउन सफल भएको समाजले जनाएको छ।

    अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरुमा ९० वटा थर्मलगन, ९ वटा कन्सनट्रेटर, १ वटा बिपप, २० वटा अक्सिजन मास्क रिर्जभर, २ वटा ईन्टुबेसन सेट, ५ वटा पल्स अक्सिमिटर, ९० वटा एडल्ट पल्स अक्सिमिटर, ५० वटा सक्सटिक्सन ट्युव, १० वटा गाईडल एयरवे, ५० वटा अक्सिजन क्र्यामेला २२, ५ वटा हाईफ्लो नजल क्यानेला, १ वटा ईलेक्ट्रिक सक्सटिक्सन र ९० वटा कनेक्सन पाईप छ।

    images

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, कर्मचारी, समाजसेवीहरु उपस्थित थिए। कोभिडका कारण जिल्लाबासी कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको खोटाङ सेवा समाजका अध्यक्ष डाक्टर प्रमोद कोयी राईले बताए।

    images

    कोभिड विरुद्ध लड्नका लागि अझै पनि थप सहयोग गरिने राईले बताए।

    २०७३ सालमा खोटाङ सेवा समाज युकेले जिल्लालाई एकैपटक ७ वटा एम्बुलेन्स सहयोग गरेको थियो। त्यो भन्दा अघि जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउण्ड मेसिन सहयोग गरेको थियो।

    images
    images

    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १९:५१:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij