जेठ २६, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ३४४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा कोरोनाका कारण ८१ जनाको मृत्यु पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ७६८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।