• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घरमै बसेर यसरी गर्न सकिन्छ अनुहारको समस्याको सामधान

घरमै बसेर यसरी गर्न सकिन्छ अनुहारको समस्याको सामधान

images

प्रभाव न्यूज

२६ जेठ २०७८
  • 20.4K
    SHARES
  • images
    घरमै बसेर यसरी गर्न सकिन्छ अनुहारको समस्याको सामधान
    images
    images
    images

     शरीरमा भएको छालाले हाम्रो भित्री अंगहरुको सुरक्षा गर्दछ । तर यहि छालाको भने विशेष ख्याल पुर्याउन सकिएन भने यसमा असर पर्ने गर्दछ ।

    images

    गर्मीमा अत्यधिक तापमान र सूर्यको तेज किरणका कारण छाला शिथिल हुन्छ । यसबाट टेनिङ, एलर्जी, चायाँ, पोतो लगायतका समस्या देखा पर्दछ । छालामा देखिने यी समस्याबाट बच्न गर्मीमा दैनकि दुई पटक नुहाउनुपर्छ ।

    यसो गर्दा पसिनाको दुर्गन्ध र त्यसबाट हुने इन्फेक्सनमा कमी आउँछ । साथै घामतर्फ र्फकदा माइल्ड फेस क्लिन्जर तथा चिसो पानीले अनुहार धुनुपर्छ ।

    यदि फेसियल गर्नपरे घरभित्रै काँक्रोको रस, एलोबेराको जुस, कागती, मिल्क पाउडर, दही, बेसार, चन्दन पाउडर, गाजर, मह, पुदिना तथा तुलसीका पातको लेप बनाएर यसबाट गर्नु पर्दछ ।

    images

    यसले गर्मीमा छालालाई राहत प्रदान गर्छ । तैलीय छालाकालागि दूध, मह र कागती मिसाएर अनुहारमा लगाउनुपर्छ र १५ मिनेटसम्म त्यसै छोड्नुपर्छ । यो प्राकृतिक ब्लिच हो ।

    images

    यो तैलीय छालाकालागि उपयुक्त मानिन्छ । पिम्पल्स हटाउन काँक्राको रसमा कागती, बेसार र चन्दन पाउडर मिसाएर अनुहारमा लगाएपछि १५ मिनेटसम्म रहन दिएर धुनु पर्दछ ।

    यसमा तुलसी वा पुदिनाको पातको पाउडर मिसाएमा लाभ बढि मिल्दछ । यो लेपले शीतलता प्रदान गर्नुका साथै मरेका कोष, संक्रमण फैलाउने कीटाणु समेत हटाएर रोमछिद्र समेत खोल्दछ ।

    अनुहार चिलाउने समस्या भएमा एलोबेरा जुसमा गुलाबजल मिसाएर प्रयोग गर्नुपर्छ । यसले टोनिङ र क्लागिङलाई टाढा राख्छ । यसबाट स्किन एलर्जी, ¥यासेस एवं चिलाउने समस्या पनि हट्छ ।

    घाममा बाहिर निस्कनु परे १५ मिनेट सनब्लक लोसन लगाउनुपर्छ । केलामाइन लोसन, टाइनेनियम डाइ अक्साइड तथा जिन्क अक्साइड लोसनले पनि छालाको सुरक्षा गर्छ ।

    images
    images

    प्रकाशित :जेठ २६, २०७८ बुधवार - १६:३१:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij